logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सहकारीलाई ३० दिनभित्र विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन


  • राजनीति
  • बुधबार, असार १३ २०८०

काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका सबै सहकारीलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिका को सहकारी विभागले आज एक सूचना जारी गर्दै साधारणसभाको जानकारी, लेखा परिक्षण प्रतिवेदन लगायतका विवरण एक महिनाभित्र पेस गर्न निर्देशन दिएको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेस नगरे महानगरको सहकारी ऎन अनुसार कार्वाही हुने चेतावनी समेत दिइएको छ ।

केही सहकारी संस्थाहरुले साधारणसभा, लेखापरीक्षण प्रतिवेदन लगायतका विवरणहरु समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा सूचना जारी गरिएको महानगरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार