logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सर्वोच्च अदालतका न्यायाधीशकी श्रीमती गिरफ्तार


  • राजनीति
  • बुधबार, कार्तिक १४ २०७५

मुलुकको सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी राउतलाई नक्कली जन्मदर्ता गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर प्रहरीले अर्काको बच्चा आफ्नो हो भनी जन्म दर्ता गरेको उजुरीका आधारमा ४४ वर्षीया राउतलाई सोमबार कटारीबाट पक्राउ गरेको छ । अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको उदयरपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताएका छन् ।

अर्कैको बच्चा आफ्नो भनेर वडा कार्यालयमा जन्म दर्ता गरेपछि न्यायाधीश राउतका बुवाले बुहारीविरूद्ध प्रहरीमा उजुरी दिएका थिए ।

न्यायाधीश राउतले आफ्नो हस्ताक्षर कीर्ते गरेर ललिताले आफन्तको बच्चा आफूहरूको भएको भन्दै जन्मदर्ता गरेको बताएका छन् । ०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार