logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

होसियार सामाजिक सञ्जालमा चिठ्ठा पर्यो भन्दै ठग्ला………


  • राजनीति
  • बिहिबार, कार्तिक २९ २०७५

एक भारतीय क्राईम रिपोटरसहित सात जनालाई प्रहरीले सामाजिक सञ्जालका माध्यमबाट नेपालमा ठगी धन्दा चलाउनेलाई  पक्राउ गरेको छ।

सामाजिक सञ्जाल, भाइवर, ह्वाटस एपका माध्यमबाट ठूलो धनराशि चिठ्ठा परेको र सो रकम प्राप्त गर्नका लागि बैंकिङ प्रक्रियाका लागि केही पैसा चाहिने ठगी धन्दा चलाउने भारतीय अनलाइन ‘न्यूज क्राइम २४’का रिपोर्टर भारत बिहारका २३ वर्षीय चन्दन कुमार भगतसहित सात जनालाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्यमा भारतको विहार राज्य अररिया जिल्ला फारबेसगन्ज बस्ने २५ वर्षीय मनोजकुमार ठाकुर र २८ वर्षीय पकजकुमार साह रहेका छन्। त्यस्तै मोरङ कटहरी गाउपालिका ४ का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षीय रमेशकुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षीय टुनटुन साह रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिलाई चिठ्ठा परेको भन्दै उक्त केही रकम जम्मा गरेपछि मात्र सो रकम झिक्न पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ। सो रकम उनीहरुले आफ्नो नाममा नभइ विभिन्न व्यक्तिका नाममा जम्मा गर्न लगाइ आफूले झिकेर प्रयोग गर्दै आएको प्रहरीको दावी छ।

पक्राउ परेका उनीहरुको साथबाट नगद ३५ हजार नेपाली रुपैयााँका साथभा , भारू ३० हजार, मोवाइलहरू, न्युजक्राइम २४ डट कमको परिचयपत्र समेत बरामद गरेको मोरङ प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न व्यक्तिहरुबाट १६ लाख ५७ हजार रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका सातै जनामाथि मुलुकी अपराध ९संहिता० ऐन २०७४ बमोजिम म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार