राजनीति
पर्वत जिल्लाको पैयुं गाउँपालिका वडा नं. ३, चिउरिडाडा निवासी श्री डिलुराम काफ्लेका छोरा नारन काफ्लेको दुवै मृगौला फेल भई नयाँ मृगौला प्रत्यारोपणको आवश्यकता परेको छ। नारन काफ्ले डेढ वर्षदेखि काठमाडौँको वीर अस्पतालमा उपचार प्राप्त गर्दै आएका छन् र हाल मृगौला प्रत्यारोपणको लागि ठूलो रकमको आवश्यकता परेको छ ।
नारन काफ्लेको पारिवारिक अवस्था नाजुक रहेको र उपचारको खर्च पूरा गर्न परिवार सक्षम नभएकोले समुदाय र दाता मित्रहरूको सहयोग आवश्यक परेको छ। यसै सन्दर्भमा, सबैलाई यस जिवनदान कर्ममा साथदिन आर्थिक सहयोग गर्ने अपिल गरिएको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई तलका विवरणहरूमा सम्पर्क गर्न भनिएको छ:
नाम: नारन काफ्ले
फोन नम्बर: ९८६६८८७४८७
बैंक खाता नम्बर: ०३१८५००९३४७६४०१५ (कृषि विकास बैंक)
यस कठिन घडीमा, तपाईंको सानो सहयोग पनि नारन काफ्लेको जीवन बचाउन महत्वपूर्ण भूमिका निभाउनेछ। त्यसैले सबैलाई आफ्नो योगदान दिने आह्वान गरेका छन्।