logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अर्कैको बच्चा जन्माएको भन्दै एक महीनाकी सुत्केरी घर निकाला


  • राजनीति
  • बुधबार, मंसिर ५ २०७५

नारायणपुर- दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ ।

घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया एक महीनाकी सुत्केरी दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो ।

गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताइन् ।

तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन सुरु गरेका थिए ।

सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन्।

केही दिनपहिले न्याय माग्दै दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएकी थिइन् । जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रहरीले केही गर्न नमिल्ने भन्दै फकाई दिएको पीडितले बताइन्।

घोराहीमा मंगलबार पत्रकारसँग कुरा गर्दै पीडित दुर्गाले आफूलाई न्याय दिलाई दिन जिल्लास्थित सम्पूर्ण मानवअधिकारवादी, महिला अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, प्रहरी, प्रशासन र पत्रकारलाई आग्रह गरेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार