logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नवलपरासीमा बिहान बस दुर्घटना : दुईको मृत्यु, ३० घाइते


  • राजनीति
  • बुधबार, मंसिर ५ २०७५

परासी –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना भएकाे छ । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने तीस जना घाइते भएका छन् । ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार