राजनीति
सुनसरी- सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ का फिदा हुसेनको हत्याको विरोधमा आन्दोलित मृतकका आफन्तहरुले गृहमन्त्री आएर हत्यारालाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता नजनाएसम्म शव नउठाउने अडान राखेका छन् ।
मृतकका समर्थकले गरेको बन्दका कारण विराटनगरबाट पश्चिम छुट्ने सबै सवारी साधनहरू विराटनगरमै थन्कीएका छन् भने पूर्व जाने सवारीहरू विराटचोक निस्किएर गएका छन् ।
मृतकका आफन्तसँग छलफल भएपनि उनीहरू आफ्नो अडानमा रहेको र बन्द खुलाउने र शव उठाउने बिषयमा जिल्ला तहका नेताहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।
अवस्था असामान्य भए कफ्र्यू लगाउने अवस्थामा जिल्ला सुरक्षा समिति पुगेको छ । दुहबीको बन्दको क्रम जिल्लाका इनरुवा तथा लौकहीसम्म पुगेपछि घटनालाई थप उतेजित हुन नदिनको लागि जिल्ला सुरक्षा समिति उच्च सतर्कताका साथ रहेको जनाइएको छ ।
अवस्थालाई सामान्य रुपमा ल्याउनको लागि कफ्र्यू लगाउने कि भन्ने बिषयमा पनि सुरक्षा समिति भित्र छलफल भइरहेको स्रोतले जानकारी दिएको छ यद्धपि निर्णय भने भएको छैन ।