logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आमाले छाडेपछि दाम्लोमा ५ वर्षीय मित्रहाङ


  • राजनीति
  • सोमबार, मंसिर १० २०७५

फिदिम – पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोले बाँधेर राखिएका छन्। हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच वर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन्। उनका बुवा बुवा आशिकराम वैदेशिक रोजगारीमा छन्।भीमकुमार बाँस्कोटाको यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ।

उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ। बच्चाको मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेको हजुरबुवा र हजुरआमा बताउँछन्। ‘आमाले छाडेपछि बच्चा रेखदेख गर्ने कोही छैन’, हजुरआमाले भनिन्, ‘बच्चालाई बाँधेर हामी बूढाबूढी काममा निस्किन्छौं।’ रातको समयमा पनि बाँधेरै राख्ने गरिएको उनले सुनाइन्। दाम्लो खोले बच्चा जथाभावी कुद्ने र जे पायो त्यही खाने उनको भनाइ छ।

अढाई वर्षको हुँदा आगोमा परेपछि नातिको मानसिक सन्तुलन गुमेको हजुरआमाको दाबी छ। ‘नातिको उपचार गर्न सकेनौं’, उनले भनिन्, ‘आमाले छाडेपछि हेरचाह गर्ने पनि कोही भएन।’ धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा पनि अवस्था नसुध्रिएको उनले सुनाइन्। ‘अब त माया नै मारिसक्यौं’, उनले भनिन्। उपचार गर्नुको साटो धार्मिक शक्तिपीठ र गुरुकहाँ पु¥याइएको परिवारको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार