logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

खोलामा डुबेर तीन बालिकाको मृत्यु


  • राजनीति
  • बिहिबार, असोज ३० २०८२

झापा । जिल्लाको गौरादह नगरपालिका– ९ सिस्ने खोलमा माछा मार्ने क्रममा खोलामा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय अञ्जना मगरका दुई छोरी ७ वर्षीया सुष्मा, ९ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्री रहेका छन् । उनीहरुको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्मार्टमका लागि प्रादेशीक अस्पताल भद्रपुर पठाउने तयारी गरिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार