राजनीति
विराटनगर – शुक्रवार विहान अचानक विराटनगरको विमानस्थल भित्र आगो मुस्लो देखियो । आगलागी भएको भनेर धेरैले अनुमान गरे । अनी कतिपयले बिगत बर्षहरुको जस्तै सम्झँदै आपतकालिन अभ्यास भएको हुनसक्ने अनुमान पनि गरे । भएको पनि त्यही नै थियो । आपतकालिन अवस्थामा आइपर्ने जोखिमलाई न्युनिकरणको लागि फायर फाईटिङ अभ्यास गरिएको थियो ।
विमान उडान र अवतरणका क्रममा हुनसक्ने संभावित जोखिम न्युनिकरणका लागि विराटनगर विमानस्थलमा प्रयोगात्मक अभ्यास गरिएको हो । अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारीको उपस्थिती थियो ।
विराटनगर विमानस्थल रनवेको पुर्वदक्षिण तर्फको खाल्डोमा पेट्रोल खन्याएर आगलागीको अवस्था श्रृजना गरिएको थियो । नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका पदाधिकारी र संचारकर्मीहरुको उपस्थितिमा काल्पनिक घटना श्रृजना गरी नियन्त्रण र उद्धारको अभ्यास गरिएको थियो ।