राजनीति
काठमाडौं– गुन्डा नाइके राजन लिम्बु ! लामो समयदेखि लुटपाट र गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
काठमाडौंको कालोपुलमा लिम्बुमाथि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले गोली प्रहार गरेको छ ।
लिम्बुलाई पक्राउ गर्न गएको प्रहरीले उनी भाग्न लागेपछि गोली चलाएको हो । लिम्बुको खुट्टामा गोली लागेको जनाइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गोली लागेर घाइते भएका लिम्बुलाई उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
काठमाडौं उपत्यकामा हुने लुटपाट र गुन्डागर्दीका दर्जन बढी घटनामा संलग्न लिम्बु लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए ।