राजनीति
काठमाडौं- सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीमाथि भ्रष्टाचारको अभियोग लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल अरुण गुल्म संखुवासभामा कार्यरत डीएसपी भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता रामेश्वर दंगालले एक सय क्यु.फिट बराबरको १८४ थान सालको चिरान काठ चैनपुरबाट धरान/इटहरी ओसारपसार गरेर सरकारी सम्पत्ति दुरुपयोग गरेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।
आरोपपत्रमा एक लाख चार हजार रुपियाँ बिगो असुलउपरको माग गरिएको छ ।