राजनीति
सिड्नी- सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी मिलन तामाङको मष्तिष्कघातका कारण बुधबार निधन भएको छ।
मोरङको मिक्लाजुङ गाउँपालिका–७ घर भई २० वर्षीय तामाङको सिड्नी, वेष्टमिडस्थित वेष्टमिड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी तीन महिना पहिले अध्ययनको शिलशिलामा सिड्नी आएका थिए।
उनको शवलाई नेपालमैँ लैजानका लागि अस्ट्रेलियाका केही संघ÷संस्थाहरूले रकम संकलन गर्ने अभियान शुरु गरिसकेका छन् ।
यसका अलावा एनआरएनए सोसल वेलफेयर फण्डबाट पनि केही आर्थिक सहयोग प्राप्त हुने प्रतिवद्धता आइसकेको जानकारी तामाङले दिए।
विज्ञप्तिमा सहयोगी मनहरूले निम्नलिखित बैंक खातामा रकम जम्मा गर्न सकिने बताइएको छ।