logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सल्यानमा स्यालको अांतक , टोकाइबाट ६ जना घाइते


  • राजनीति
  • शनिबार, मंसिर २२ २०७५

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट ६ जना घाइते भएका छन्।

स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन्। यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन्।

बेलुका घर बाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताए। यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा बिसीले जानकारी दिइन्।

स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनबन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ। उक्त स्यालको खोजी भइरहेको सल्लीबजार इलाका प्रहरी कार्यालयले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार