logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

महिलाको भिरबाट लडेर मृत्यु


  • राजनीति
  • आइतबार, मंसिर २३ २०७५

धनगढी- शनिबार एक महिलाको कैलालीको मोहन्याल गाँउपालिकामा भिरबाट लडेर मृत्यु भएको छ।

मोहन्याल गाउँपालिका १ बढीकथाईकी ३३ वर्षीया खगिसरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि वलीले बताए। घर छाउने खर काट्ने क्रममा उनी चोसेकाडाको नरकट्टे भिरबाट लडेकी थिइन्।

घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ। मगरका दुई छोरा र एक छोरी छ्न्। श्रीमान् भने रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार