logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

‘केपी सरकार चमत्कार, जताततै बलात्कार’ भन्दै न्यायको खोजीमा आँखामा पट्टि र हातमा तराजु लिएर प्रदर्शन


  • राजनीति
  • सोमबार, मंसिर २४ २०७५

आइतवार जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै आँखामा कालोपट्टि बाँधेर बिरोध प्रदर्शन भएको छ।

घटना घटेको चार महिना भन्दा बढि समय भैसक्दा पनि घटनाको बारेमा सत्य, तथ्य सार्वजनिक नगरिएको भन्दै नागरिक संघर्ष समितिले आँखामा कालोपट्टि बाँधेर प्रदर्शन गरेको हो।

यसैबिच बेलडांडी गाउँपालिकाका पनि निर्मलाको न्यायको माग गर्दै आँखामा कालोपट्टि बाँधेर प्रदर्शन भएको छ। बेलडाँडी महिला सञ्जालको आयोजनामा न्यायको खोजीमा आइतवार प्रदर्शन भएको हो।

‘केपी सरकार चमत्कार, जताततै बलात्कार’ लेखिएको ब्यानर लिएर सुरु भएको प्रदर्शनमा स्थानीय महिलाहरुको सहभागिता रहेको थियो।

 घटना घटेको चार महिना भन्दा बढि समय भैसक्दा पनि सत्य, तथ्य सार्वजनिक नगरिएको भन्दै देशैभरि बिरोध प्रदर्शन भइरहेको छ।

न्यायको खोजीमा निर्मलाको परिवार गत कार्तिक २४ देखि जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा अनिश्चितकालिन २४ घण्टे धर्नामा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार