राजनीति
धनगढी- कञ्चनपुकरकी १३ वर्षिय निर्मला पन्तको लागि न्याय माग्दै नेपाल विद्यार्थी संघ, महिला संघका कार्यकर्ताले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुतला समेत दहन गरेका छन् ।
प्रर्दशनकारीले पन्तका हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि पुतला समेत दहन गरेका हुन् । ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लगाएका लगाउँदै गरिएको छ । पुत्ला दहनमा १ घण्टा भन्दा बढि सडक जाम भएको प्रहरीले बताए ।
पन्तको हत्या भएको चार महिना पुग्न लाग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि सरकार विवादमा फस्दै गएको छ ।