राजनीति
आश तमु पोखरा- “नेपालको मध्य भाग मध्य नेपाल जाऔँ पुण्य कमाऔँ” भन्ने नारा सहित मध्य नेपाल नगरपालिकाले मध्य नेपाल धार्मिक महोत्सव तथा मेलाको आयोजना गरेको छ । महादेव मन्दीर परिसर योजनावद्ध विस्तार एवं विकासका लागि जग्गा खरिद गर्ने, १०८ धारा निर्माण गर्ने एवं अन्य उल्लेख्य कार्यहरु गर्ने उद्देश्यले आयोजना गरीएको महोत्सव तथा मेला फाल्गुन १६ देखि २१ गते सम्म संचालन हुने मगलवार करापुटार मन्दिर परिसरमामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।

कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले महाशिवरात्री पर्वको अबसरमा आयोजना गरीएको महोत्सव तथा मेलामा स्वामी रामदेववाट उद्घाटन गराउने तयारी भएको बताउनु भयो । उहाँले ईशानेश्वर महादेवको महिमा र गरिमा उच्च हुँदाहुँदै पनि मन्दीर एवं मन्दिर एवं मन्दिर क्षेत्रमा थुप्रै आवश्यक व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो ।
लमजुङको नेपालको मध्य भाग मध्य नेपालमा रहेको इशानेश्वर महादेव मन्दिर काठमाण्डौको पशुपतिनाथ पछिको महत्वपूर्ण धार्मिक स्थल रहेको सरोकारवालाले बताएका छन् ।
ईशानेश्वर महादेव मन्दीर क्षेत्र बिकास समितिका अनुसार क्षेत्र विकास समितिले विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोगबाट करिव ६ रोपनी जग्गा खरिद गरेको छ भने बाटो निर्माण, सतल निर्माण, गाणेश मन्दिर परिसर विस्तार आदि जस्ता कार्यहरु गरिएका छन् । यस वर्षका लागि समितिले जग्गा खरिद गरी २० रोपनी पु¥र्याउने, गौरी कुण्ड नजिकै १०८ धारा निर्माण गर्ने, बाटो विस्तार गरी मण्डप र गणेशस्थानसम्म पु¥र्याउने, गौरीकुण्ड निर्माण गर्ने, श्लेषमान्तक वनबाटो निर्माण, मन्दिर जीर्णेद्धार, १०८ शिवलिङ्ग स्थापना, तातोपानी धारा निर्माण लगायतका कामहरु रहेका छन् ।
काठ्माण्डौको पशूपतिनाथ बाहेक देशको दोश्रो ठुलो र महत्व बोकेको ईशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दीर परिसरमा शीवरात्रीको अवसरमा धार्मिक मेला लाग्ने गर्दछ ।शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्नेहरु मेलामा आउने गरेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनुभयो ।
यस पवित्रस्थलका सम्बन्धमा विभिन्न किंवदन्ती, स्थानीय जनश्रुतिहरू एवं धार्मिक अध्येताहरूका विचारहरू रहेको पाइन्छ । योगी नरहरिनाथका भनाइमा पृथ्वीमण्डलमा महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित भएकाले तारकेश्वर महादेवलाई ईशानेश्वरस्वरुप भनी ईशानेश्वर महादेव नामाकरण गरिएको हो । मन्दिर एवं शिवलिङ्ग उत्खनन् गर्ने सम्बन्धमा स्थानीय जनश्रुतिअनुसार आजभन्दा करिब ६०० वर्षपहिले स्थानीय वासिन्दा हरिनारायण पोख्रेलका छोरा शिवदास पोख्रेलले चिसो ठाउँ पहिल्याई धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पोले शिवलिङ्गस्वरुप शिला जोतिएर रगत बहन गई गोरुसहित उनी जलेर भष्म हुँदा गोरुको भष्म हुन बाँकी रहेको सिङ अझै पनि प्रमाणस्वरुप सुरक्षित रहेको अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनुभयो । इशानेश्वरको शिवलि इशानेश्वरको शिवलिङ्ग प्राकृतिक हो । प्राकृतिक शिवलिङ्गलाई वाणलिङ्ग भनिन्छ ।
यो मन्दिरमा खासगरि बैशाख, साउन र कात्तिक महिनामा भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् । प्रत्येक हप्ताको सोमबार शिवजीको विशेष दिन भएकाले पूजा अर्चना हुनछ । अक्षय तृतीया, वाला चतुर्दशी, शिवरात्री जस्ता पर्वहरुमा मेला लाग्ने गर्छ । इशानेश्वर महादेव मन्दिरको सय मिटर क्षेत्रमा रहेको गौरी कुण्डको २० मिटर पूर्व टारीको डिलको थुम्को कुर्पूटारे भाका (ठाडो भाका) को उद्गम स्थल मानिन्छ ।