logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कर्णाली प्रदेशका विभिन्न जिल्लामा हिमपात शुरु, जनजीवन कष्टकर


  • राजनीति
  • बिहिबार, मंसिर २७ २०७५

हुम्ला- बुधबार रातिदेखि  कर्णाली प्रदेशका विभिन्न जिल्लामा हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । 

बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताउनुभयो ।

उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार