logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

खरायो लखेट्दा सुत्केरी बोकेको जीप दुर्घटना,तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु


  • राजनीति
  • शुक्रबार, मंसिर २८ २०७५

पाल्पा – सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ ।दुर्घटनामा चारजना घाइते भएका छन् । 

चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमा नै ज्यान गएको  हो । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको ज्यान गएको हो ।

 घाइते देवसिंह गाहाका अनुसार बाटोमा खरायो भेटिएपछि सोही खरायोलाई लखेट्ने क्रममा जीप भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् । घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटनामा परेको जीपमा ९ जना सवार थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार