राजनीति
पोखरा महानगर सडक छेउका पोलमा रहेका अब्यबस्थित तार हटाउने अभियान पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको सिद्धार्थचोकमा अव्बस्थित तार काटेरसुरु गरिएको छ ।
पोखरा महानगरपालिकाले अब्यबस्थित ढंगले विभिन्न पोलमा राखिएका तारहरु हटाउने अभियान बिहिबार देखि सुरु गरेको हो ।
सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स बन्द
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ । मङ्सिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज उक्त पेट्रोलपम्प बन्द गराएको हो ।
विगत १०१२ वर्षदेखि सार्वजनिक जग्गा मिचेर सञ्चालन हुँदै आएको स्टोर्सलाई पटक–पटक उक्त ठाउँबाट हट्न आग्रह गरे पनि अटेर गरेपछि बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।