logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्मला प्रकरण : सेना तिर सोझिदै “अाउट” निस्किएका १६जना नेपाली सेनामाथी अनुशन्धान हुन्छ ?


  • राजनीति
  • शुक्रबार, मंसिर २८ २०७५

निर्मला प्रकरण : त्यसदिन “अाउट”निस्किएका
१६जना नेपाली सेनामाथी अनुशन्धान हुन्छ?

भीमदत्त नगरपालिकास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनास्थलबाट केही मिनेटको दूरीमा नेपाली सेनाको ब्यारेक छ । 

‘२५ नम्बर बाहिनी’को नामले चिनिने उक्त ब्यारेकमा सहायकरथी (ब्रिगेडियर जनरल) को कमान्डमा सयौँ सैन्य अधिकारीहरू रहेका छन् । यहाँ, त्यही ब्यारेकबाट आएका सैन्य अधिकारीहरूले निर्मलालाई बलात्कार गरे भन्न खोजिएको हैन । तर शङ्काको सुई त्यतापट्टि नसोझिएको पनि होइन । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाही नेतृत्वको अनुसन्धान टोलीले त्यस दिन ब्यारेकबाट बाहिर निस्किएकाहरूलाई किन अनुसन्धानको दायारमा ल्याउन सकेको छैन ? प्रश्न उठेको छ । 

निर्मला बलात्कार तथा हत्या प्रकरण अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले बनाएको जम्बो अनुसन्धान टोलीले अहिलेसम्म ती १६ जना सैन्य अधिकारीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । 
बम दिदी बहिनीको घर र निर्मलाको घरको दूरी दुई किलोमिटर छ । बमको घरबाट केही मिनेट बजारतर्फ लागेपछि नेपाली सेनाको ‘२५ नम्बर बाहिनी’ आउँछ । 

‘२५ नम्बर बाहिनी’मा कार्यरत एक अधिकृतका अनुसार त्यस दिन (साउन १० गते) १६ जना सैन्य अधिकारीहरू ‘आउट’ गएका थिए । ड्युटी नहुँदा हाकिमको आदेशले रेकर्ड राखेर बाहिर निस्कने प्रक्रियालाई फौजीहरूले ‘आउट’ शब्द प्रयोग गर्छन् । 

निर्मला बलात्कार तथा हत्या प्रकरण अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले बनाएको जम्बो अनुसन्धान टोलीले अहिलेसम्म ती १६ जना सैन्य अधिकारीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । 

स्थानीय ड्रगिस्टहरू फेला पर्नासाथ डीएनए स्याम्पलका लागि रगतको नमुना सङ्कलन गर्ने प्रहरीले १६ जना सेनाका जवानहरूको नमुना सङ्कलन गर्न किन आनाकानी गरिरहेको छ ? 

‘नेपाली सेनाका शङ्कास्पद जवानहरूमाथि किन अनुसन्धान गरिएन ?’
भन्नेकुरा अहिले पनि उत्तिकै चासेाकाे बिषय बनिरहेकाे छ।
निर्मलाको हत्या भएको तेस्रो दिन (साउन १३ गते) घटनास्थल पुगेको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अङ्गुर जिसी (निलम्बित) नेतृत्वको टोलीले नेपाली सेनाका केही शङ्कास्पद जवानहरूलाई सोधपुछ गरेको थियो ।

तर अहिले अनुसन्धान गरिरहेको टिमले त्यसतर्फ अनुसन्धान नै नगरेको बताइएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले शङ्कास्पद सैन्य अधिकारीहरूमाथि पनि अनुसन्धान जारी रहेको दाबी गरेका छन् । 

साउन १० गते बाहिरिएका १६ जनामध्ये तीन जना स्थानीय स्कुलमा बालबालिकाहरूलाई सिकाउन (इन्स्ट्रक्सन) गर्न गएको देखिएको ‘२५ नम्बर बाहिनी’ स्रोतले जनाएको छ । 

‘तालिम प्राप्त मान्छेले जस्तो हार्डकोर तरिकाले हत्या गर्ने आँट फौजीकै हुन्छ’, लामो समयदेखि जघन्य अपराधका घटनामा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यो दिन ब्यारेकबाट आउट गएकाहरूको रेकर्ड मागेर अनुसन्धान गर्दा केही तथ्य अवश्य खुल्न सक्छ ।’ 

नेपाली सेनाले आवश्यक परेमा अनुसन्धामा सहयोग गर्न तयार रहेको जनाएको छ । सैन्य प्रवक्ता (सहायक रथी) गोकुल भण्डारीले भने निर्मल प्रकरणमा जस्तोसुकै सहयाेग गर्ने अाफसहरु तयार रहेकाे बताए।उनले भने ‘कोही मान्छे मागेमा अथवा डीएनए स्याम्पल मागेमा हामीलाई सहयोग गर्न कुनै समस्या छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार