राजनीति
नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा आइचर दुर्घटना भएको छ । ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । ४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढिको मृत्यु भएको आशंका गरिएको छ ।
प्रहरीका अनुसार आइचरमा सवार ४६ जनामध्ये १० जनाको शव भेटिएको र अझै २० जनाभन्दा बढिको हताहत भएको आशंका गरिएको छ ।तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए । थप विवरण आउन बाँकी ।