logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

फेवातालमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएकाको शव फेला


  • राजनीति
  • आइतबार, पुष १ २०७५

काठमाडौंका रोजन श्रेष्ठ फेवातालमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएकाको शव फेला परेका छ ।

बिहान ७ बजे फेवातालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।उनको शव रत्नमन्दिर नजिकै भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

काठमाडौंको ताहाचलबाट दिदीसहित पोखरा घुम्न आएका श्रेष्ठ प्याडल बोर्डबाट सेल्फि खिच्न खोज्दा तालमा डुबेका थिए । १९ बर्षीय उनी लाईफ ज्याकेट बिना सेल्फी खिच्न खोज्दा तालमा डुबेर बेपत्ता हुन् ।

काठमाडौंबाट दिदी रोशनी श्रेष्ठसँग पोखरा घुम्न आएका श्रेष्ठका दिदीभाइ फरक फरक डुंगामा चढेका थिए । उनको शव पोष्टमार्टमका लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार