राजनीति
राजविराज,- अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ ।
सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ ।
विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक हडतालमा उत्रिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको सचिव यादवले बताउनुभयो ।
जिल्लामा रहेको ४१२ सामुदायिक विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक सङ्घ सप्तरीका अध्यक्ष दिनेश यादवले बताउनुभयो ।
यसैबीच सामुदायिक विद्यालय आज बन्द हुँदा पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन्
मुस्लिम समुदायद्वारा दाइजो प्रथा अन्त्यका लागि अभियान
मुस्लिम समुदायद्वारा सप्तरीको राजविराजमा दाइजो प्रथालाई अन्त्य गर्न मङ्गलबारदेखि १० दिने अभियान शुभारम्भ गरिएको छ । इस्लामी सङ्घ नेपाल सप्तरीका अध्यक्ष मो कलिमुज्जमा खाँले सर्वसाधारणमा दाइजाविरुद्घ चेतना विस्तार गर्ने उद्देश्यका साथ १० दिने अभियान थालिएको जानकारी दिनुभयो । ११ पुस (रासस)