logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित


  • राजनीति
  • सोमबार, पुष १६ २०७५

काठमाडौं-  शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । आज बिहान प्रहरीले जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको अध्ययनरत भवनमा रहेको क्याम्पसको बोर्ड र क्यान्टिनका सामान जबरजस्ती बाहिर निकालेपछि उनीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले विना सूचना क्याम्पस खाली गर्न खोजिएको र गुण्डागर्दी शैलीमा सामान बाहिर निकालिएको भन्दै  विरोध जनाएका हुन् । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि शंकरदेव क्याम्पसका करिब ५ सय भन्दा बढी विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आएका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले बीबीआइएम र एमबीएमका विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आएको जानकारी दिए ।

सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द

सुवा- पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ ।

राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोकिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताउनुभयो । पहिरो गएको स्थान असहज भए पनि बटुवाको आवतजावत भइरहेको बताइएको छ ।, १६ पुस (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार