राजनीति
बुटवल क्षेत्रकै एउटा प्रतिष्ठित निजी स्कुल होराईजन जिविएस बोर्डिङ स्कुलमा तनाव्पुर्ण स्थिति सिर्जना भएको छ।
जब शिक्षकले आफ्नै विद्यालयमा पढ्ने आफ्नो विद्यार्थीलाई कपाल पालेको भन्दै कुट्न थाले त्यसपछि सो विषयलाई साम्य पार्न नसक्दा तिलोत्तमा १ ड्राईभरटोलमा रहेको होराईजन जिविएस बोर्डिङ्ग स्कुलको विद्यालयमा तनावपूर्ण स्थिती नै सिर्जना भएको हो। ।
यसरी भयो घटना
सोही विद्यालयमा अध्यनरत १६ बर्षिया ईस्यू गुप्तालाई विद्यालयका शिक्षक सूर्य बहादुर भण्डारीले कपाल लामो पालेको भन्दै पटकपटक काट्न भने, तर नमानेपछि शुक्रबार शिक्षकले विद्यार्थीलाई कुटे, विद्यालयभित्र शिक्षकले विद्यार्थीमाथी हातपात गर्नु दण्डनीय हो भनेर पढाउने शिक्षकले नै यसरी कुटेपछि गुप्ताले आफ्नो अभिभावकलाई फोन गरे । अभिभावकहरु केही समयमै ५÷७ जनाको संख्यामा गाडी लिएर विद्यालय पुगे ।
विद्यालयमा पुगेपछि शिक्षक भण्डारीलाई अभिभावक भनिने केही व्यक्तीहरुले दादागिरी शैलीमा थर्काउन थाले । यतिमात्रै होईन उनलाई हातपात गर्न तम्सीए । एकदुई मुक्कासमेत हाने तर त्यसो हुन नपाउँदै शिक्षकहरुको एउटा समुह विद्यार्थी विचमा गएर आफ्नो शिक्षकमाथी हातपात हुँदा तिमीहरु तमासा हेर्न हुँदैन भन्दै विद्यार्थीलाई उस्काए, त्यसपछि केही विद्यार्थीहरु हातपात किन गरेको भन्दै चिच्याउन थाले ।
अन्ततः सानो विषय ठूलो झडपमा परिणत भयो । विद्यार्थीका अभिभावक भागाभाग भयो भने विद्यार्थीहरुले पर्खाल भत्काएर ईट्टा र ढुंगा निकालेर प्रहार गर्न थाले । उनीहरु चढेर आएको रातो कलरको कारमाथी ढुंगामुढा भएर सबै सिसा फोरियो । आन्दोलनले यति उग्र रुप लियो कि ढुंगा र ईट्टाहरु भटाभट प्रहरीलाई समेत बर्सियो । प्रहरीले सो अवस्था नियन्त्रण लिन लाठि चार्च नै गर्नुपरेको थियो ।