logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

त्रिविका २५ हेल्मेट प्राध्यापकको जागिर चैट !


  • पत्रपत्रिका
  • बिहिबार, माघ ३ २०७५

मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयले २५ “हेल्मेट” प्राध्यापकलाई बर्खास्त गरेकाे छ। त्रिविका आंगिक क्याम्पसमा पढाउन छाडेर निजीमा बढी समय दिएको भन्दै उनीहरू बर्खास्त भएका हुन्।
प्राध्यापन क्षेत्रमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई “हेल्मेट प्राध्यापक” को रूपमा चिनिन्छ।
लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ। विश्वविद्यालयअन्तर्गत देशभर ६१ आंगिक क्याम्पस छन्।
पछिल्लो एक वर्षमा ४० शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो, जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारी छन्। बर्खास्त हुनेमा उपप्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक र प्राध्यापक छन्। त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी पिनयम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्नसक्ने उल्लेख गरिएकाे अाजकाे राजधानी दैनिक मा छापिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार