logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पोखरा विश्वविद्यालयमा लगाएको ताला खुल्यो


  • राजनीति
  • मंगलबार, माघ ८ २०७५

पोखरा-पोखरा विश्वविद्यालयमा स्वबियुको विषयलाई लिएर नेविसंघले लगाएको ताला खुलेको छ ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को पदाधिकारी पदावधि विषयलाई लिएर उत्पन्न विवाद पछि तल्ला लगाइेको थियो।

स्ववियु सभापति सुनिल तिमिल्सिना र सचिव सुरज परियारले सोमबारदेखि केन्द्रीय कार्यालय अगाडि विश्वविद्यालयको तालाबन्दी तत्काल खुलाउनुपर्ने र स्ववियुले राखेका मागहरुलाई सम्बोधन गर्नुपर्ने भन्दै थालेको अनसन समेत तत्कालका लागि तोडिएको छ ।

विश्वविद्यालयका डिन हरिबहादुर खड्काको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएपछि स्ववियु पदाधिकारीहरुको पदावधि विवाद सम्बन्धमा स्समाधान गर्‍ने भए पछी नेविसंघले तत्काललाई ताला खोल्ने र स्ववियुले अनसन स्थगित गर्ने सहमति भएको स्ववियु सभापति सुनिल तिमिल्सिनाले जानकारी दिए । गठित समितिले एक हप्ता भित्र विश्वविद्यालयलाई प्रतिवेदन बुझाउने सहमति भएको हो।

नेविसंघले स्ववियुको २ वर्षे कार्यकाल भएपनि सैद्धान्तिक परीक्षा सकिएपछि स्वतः पद समाप्त हुने नियम भएकाले पदावधि सकिएका पदाधिकारीले राजीनामा दिनुपर्ने माग राख्दै आएको थियो।

नियमअनुसार स्ववियुको पदावधि कायम हुनुपर्ने भन्दै गएको पुस २३ गतेदेखि नेविसंघले विश्वविद्यालय उपकुलपति चिरन्जिवी शर्मा, रजिस्टार गोविन्द शर्मा, कन्ट्रोलर भरतराज ढुंगाना सहित मुख्य ४ संकायका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेको थियो।

स्ववियुले पदावधिको विषय सुल्झाउन पोखरा विश्वविद्यालय प्रशासनलाई विपक्षी बनाई अदालतमा रिट दायर गरेको छ। उच्च अदालतले सो रिटमा गएको शुक्रबार कारण देखाउ आदेश जारी गर्दै आउँदो माघ १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। स्ववियुको पदावधिको विषय अदालतबाट जे फैसला हुन्छ सो मान्न तयार रहेको सभापति तिमिल्सिनाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार