logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

फागुन १४ गते स्ववियु निर्वाचन,निर्वाचन तोकेसंगै तयारी थाले


  • राजनीति
  • बिहिबार, माघ १० २०७५

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन १४ गतेका लागि निर्वाचन तोकेसंगै स्ववियु निर्वाचनकाे तयारी थालेकाे छ ।

साेमबार त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचनका लागि अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग  छलफल गरेको हाे ।

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफलमा तोकिएको जिम्मेवारी पूरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुमा सुझाव प्रस्तुत गरिएको थियो ।

बैठकमा उपकुलपति डा तीर्थराज खनियाँले उम्मेदवार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकाले यो निर्वाचनलाई नियमित प्रक्रियाका रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसलाई भएको उल्लेख गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार