logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

‘डा.गोविन्द केसीको अनसन चाहिँदैन,सीटीईभीटी मास्न पाइँदैन,


  • राजनीति
  • बिहिबार, माघ १० २०७५

काठमाडौं–सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतामा टिएसएलसी तहका स्वास्थ्य तर्फका कार्यक्रम फेजआउट गर्ने बुँदा तत्काल सच्याउन निजी प्राविधिक शिक्षालय महासंघ नेपालले दबाब दिएको छ ।महासंघलेआज शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई ध्यानाकर्षणपत्र बुझाउँदै सो दबाब दिएको हो ।

डा.केसीको एकल जिद्धीलाई मात्र सम्बोधन गरे प्राविधिकतर्फका सम्पूर्ण शिक्षालयहरुको नेतृत्व गर्दै महासंघले आमरण अनसन बस्न बाध्य हुने चेतावनी समेत दिएको छ । महासंघले चिकित्सा शिक्षा विद्येयक नामाकरणले सबै स्वास्थ्यकर्मीहरुलाई नसमेटिने हुँदा नाम परिवर्तन गरी स्वास्थ्य शिक्षा विद्येयक समेत राख्न सुझाप दिएको छ ।

उक्त महासंघले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभिटी) बाट सम्बन्धन प्राप्त निजी क्षेत्रमा सञ्चलित टिएसएलसी तहका करिब ४ सय संस्थाहरुको प्रतिनिधित्व गरेको छ । ध्यानकर्षणपत्र बुझाउन महासंघ अन्तर्गतका प्राविधिक शिक्षालयबाट सयौं कर्मचारी र विद्यार्थीहरु उपस्थित थिए । उनीहरुले डा।केसीको अनसन चाहिँदैन, सिटीइभिटी मास्न पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोेकेर प्रदर्शन समेत गरेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार