logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

११ र १२ काे बार्षिक परीक्षा मिति सार्वजनिक, यस्तो छ तालिका


  • न्युज डेस्क
  • सोमबार, माघ १४ २०७५

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार, ०७६ वैशाख १५ बाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ बाट सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार, जेठ ८ गतेसम्म ११ को परीक्षा सञ्चालन हुनेछ ।

दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार