logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

गण्डकी मेडिकल कलेजमा तालाबन्दी,लिएको वढी शुल्क फिर्ता गर-विधार्थी

जबर्जस्ती गरेर तोडफोड जे गरे पनि शुल्क नघट्ने-कलेजका अध्यक्ष खुमा अर्याल


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

तस्विर लोकान्तरवाट तस्विर लोकान्तरवाट

पोखरा – गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले सोमबार साँझ इसिएचएसस र रिसेप्सन सेवामा पनि तालाबन्दी गरेका छन् । अनधिकृत रुपमा तोकिएको भन्दा लाखौँ रुपैयाँ बढी असुलेको र सोही रकम फिर्ता पाउनुपर्ने मागसहित १२ औँ दिनदेखि आन्दोलनरत उनीहरु लगातार धर्ना र आन्दोलनमा उत्रिएका छन् ।

माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडान लिएका विद्यार्थीहरुले आइतबारदेखि रिले अनसन पनि थालेका छन् ।

यता, गण्डकी मेडिकल कलेजको नाममा गत मंगलबार नै डिनको कार्यालयले एक पत्र काट्दै पठनपाठन सुचारु गर्न  पत्र काटेको छ । उक्त पत्रानुसार कलेजलाई अतिरिक्त शुल्क मागको कारण समेत देखाउन निर्देशन दिएको छ ।
पत्रमा भनिएको छ, “विद्यार्थीहरुले नेपाल सरकार तथा त्रिविले तोकेको शिक्षण शुल्कका अतिरिक्त रकम माग गरेको कारण देखाई विगत केही दिनदेखि कलेज बन्द गरि हड्तालमा उत्रेको भन्ने जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यथार्थ जानकारी यथाशक्य छिटो उपलब्ध गराईदिने व्यवस्थाका लागि अनुरोध गर्दछु ।”

जिल्ला प्रशासन कार्यालय कास्कीमा विद्यार्थीहरुले प्रमाणसहित अनधिकृत शुल्क लिएको प्रमाण समेत पेश गरेका छन् ।विद्यार्थीहरुको आन्दोलनलाई त्यहाँ अध्ययनरत पूर्वडाक्टरहरु, अभिभावकहरुले साथ र समर्थन दिएका छन् ।
मन्त्रिपरिषदको तत्कालीन निर्णयानुसार काठमाडौं उपत्यकाभन्दाबाहिर एमबीबीएस पढ्ने विद्यार्थीलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लाग्थ्यो ।  आन्दोलित विद्यार्थीका अनुसार अहिले प्रशासनले सबै विद्यार्थीसँग ५५ लाख रुपैयाँभन्दा बढी रकम लिएको छ । बढी शुल्क किन लिएको भन्ने प्रश्नको जवाफ भने प्रशासनले दिएको छैन र विद्यार्थीहरुले बढी तिरिएको रकम फिर्ता मागेका छन् ।

कलेजका अध्यक्ष खुमा अर्यालले नेपाल सरकारले नै तोकेबमोजिम शुल्क लिइरहेको हुँदा विद्यार्थी आन्दोलन अर्थहीन भएको बताएका छन् । हरेक वर्ष नयाँ शुल्क निर्धारण हुने हुँदा ३ वर्ष पुरानो शुल्क देखाएर आन्दोलन गर्दैमा शुल्क नघट्ने उनले जनाए । मंगलबार डिनको कार्यालयले सोधेको स्पष्टीकरणलाई उनले डिनको कार्यालयले सोध्न नमिल्ने प्रतिक्रिया दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार