राजनीति
सिमकोट- हुम्लाका एक दर्जनभन्दा बढी स्कुलहरुको छानो हिमपातपछि तिव्र रुपमा चलेको हावाहुरीले उडाएको छ । सदरमुकाम सिमकोटमै रहेको मानसरोवर माध्यमिक विद्यालय र साहारा समुहको छात्राबासको छानो नै उडाएको छ ।शिक्षा विकास समन्वय इकाई प्रमुख वर्ष फडेराका अनुसार हावाहुरीले रलिङ्ग मावि बरगाउँ, मालिका मावि लाली, कैलाश आधारभुत विद्यालय प्युस, लगायत विद्यालयका कक्षाकोठाको छाना उडाएको हो ।
मिनपचास बिदाको समय परेको बेला विद्यालयमा कोही नहुँदा मानवीय क्षति भने भएन
लगातार ३ दिनसम्म परेको हिमपातसँगैको हावाहुरीले जिल्लाका धेरै सार्वजनिक र व्यक्तिगत भवनको समेत छाना उडाएको भन्दै राहतका लागि केही स्थानीयले प्रशासनसँग गुनासो गरेका छन् ।