logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सत्ता पक्षकै दुई बिधार्थी सङठनले स्ववियुको माग गर्दै संघर्षका कार्यक्रम घोषणा


  • राजनीति
  • आइतबार, फाल्गुन ५ २०७५

पोखरा- दुई बिधार्थी सङठनले स्ववियु निर्वाचनको माग गर्दै संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । आइतबार अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो चरणको संघर्षका कार्यक्रम समेत घोषणा गरेका हुन । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुकी अध्यक्ष नविना लामाले निकालेको विज्ञप्तिअनुसार भोलि सोमबार बिहान ११ बजे त्रिभूवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा प्रदर्शनसहित घेराउ र पर्सि फागुन ७ गते देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गरिनेछ ।

ती संगठनहरुले ‘स्ववियु निर्वाचन गर्ने सहज वातावरणा हुँदाहुँदै पनि अहिलेसम्म कार्यतालिका प्रकाशित नगर्नुले राजनीतिक भागबन्डामा आएको त्रिविको नेतृत्व नै कतै अमुक दल वा कुनै संगठनको दबाबमा परेर चुनाव नगराउन उद्दत त छैन भन्ने गम्भीर प्रश्न खडा भएको छ’भन्दै विज्ञप्तिमा आरोप लगाएका छन ।

विगतमा प्रतिकूल अवस्थामा समेत स्ववियु निर्वाचन नरोकिएको स्मरण गराउँदै अनेरास्ववियु र क्रान्तिकारीले स्ववियु निर्वाचन मिति नजिक आइसक्दा पनि कार्यतालिका सार्वजनिक नगिरनुलाई अत्यन्तै गम्भीर भएको जनाएका छन् । फागुन १४ गतेलाई तोकिएको स्ववियु चुनाव नहुने भएपछि नयाँ मिति तत्काल तोकिनु पर्ने सत्ता पक्षका विद्यार्थी संगठनको माग छ ।

संगठनका नेताहरुले त्रिविका उपकुलपति तीर्थ खनियाँ कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रभावमा परेर निर्वाचनको मिति तोक्न र कार्यतालिका सार्वजनिक गर्न आलटाल गरिरहेको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार