logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रुकुमको एक विद्यालय ३७ विद्यार्थी एकैपटक बिरामी,स्वास्थ्य चौकी पुग्न दुई घण्टा


  • राजनीति
  • आइतबार, फाल्गुन १२ २०७५

रुकुम पूर्व : ठूलो संख्यामा आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरु एक्कासी बिरामी परेका छन्। पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन्।

केहीदिनदेखि विद्ययालय आएका विद्यार्थी टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका छन्।

प्रधानाध्यापक सेनकाअनुसार विद्यालयका २७९ जना विद्यार्थी मध्ये ३७ जना बिरामी परेका छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको उनले बताए।

बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान स्कुल दुर्गमा ठाउँमा रहेकाले समस्या परेको छ । विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ५ हुकामको स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्छ । स्वास्थ्य चौकीसँग यतिबेला सम्म सम्पर्क हुन नसकेका कारण विद्यार्थीको उपचार गर्न समस्या परिरहेका प्रअ सेनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार