राजनीति
मादी गाउपालिका वडा नं ७ स्थित धनुबास कालिका मा.बिका बिद्यार्थीहरु लाई अाज सामुदायिक सेवा केन्द्र कालिका को अायोजना र सामुदायिक प्रहरी सेवा कालिका तथा हाम्रो परियोजनाको प्राबिधिक सहयोगमा लैङ्गिक हिसां तथा लागू अाैषध दुर्बेशन बारे प्रशीक्षण सम्पन् भयो । कक्षा ६ देखि १० सम्म का बिद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रम मा सामुदायिक प्रहरी केन्द्र कास्की ईन्चार्ज सई भरत पाैडेल ले लैङ्गिक हिसां , लैङ्गिक हिसांका प्रकार , न्युनिकरणका उपाए , अादी बारे प्रशिक्षण दिनु भएको थियो । त्यस्तै गरि हाम्रो परियोजनाका अमृत भट्टराई लागू अाैषध के हो ? लागूअाैषध दुर्बेसनले पार्ने असरहरु , नेपालको यस बारे कानुनहरु अादी बारे प्रशीक्षण दिएका दिए । सामुदायिक सेवा केन्द्र कालिकाको अध्यक्ष हुमनाथ अधीकारीको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा प्रमुख अतिथि मादि ७ का वडा अध्यक्ष लाल बहादुर गुरुङ ले नेपाल सरकार ले शान्ती सुरक्षा कायम गराउन समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताउदै बिद्यालय समाजको एक महत्वपुर्ण पक्ष रहेको र विद्यार्थी अबस्थाबाटै सम्पुर्ण ब्यक्तीहरु सचेत र सजक भई असल नागरिक बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा धनुबास कालिका मा .बिका प्रधानाध्यापक गोपाल सापकोटा,छाचोक प्रहरी चाैकीका असई डिल बहादुर भण्डारी , सामुदायिक सेवा केन्द्र कालिका का कोषाध्यक्ष लिला कुईकेल , सामुदायिक प्रहरी सेबा कालिका का ईन्चार्ज श्रीराम रानाभाट लगायतको उपस्थीती रहेको थियो भने उक्त कार्यक्रमको सन्चालन सामुदायिक सेवा ईन्द्र कालिकाको सचिब राधाकृष्ण तिवारी ले गरेका थिए ।