logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शिक्षकमाथि पानीको फोहोरा र अश्रुग्यास बानेश्वर तनावग्रस्त


  • राजनीति
  • सोमबार, फाल्गुन २० २०७५

लामो समय देखी राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आजको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यासले आक्रम गरेको शिक्षकहरुको भनाइ छ।

दिउसो प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् ।

यसअघि आइतबार पनि प्रदर्शनका क्रममा राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार