logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

अबैध शुल्क बिधार्थिलाइ फिर्ता नगरे कडा आन्दोलन गर्छाैं : मिलन राइ


  • आश तमु
  • बुधबार, फाल्गुन २२ २०७५

बिप्लव नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी  निकट अखिल क्रान्तिकारीले  गण्डकी मेडिकल कलेजलाई मागपत्र बुझाएको छ ।

गण्डकी मेडिकल कलेजमा विगत लामो समय देखि विधार्थीहरुले गरिरहेको आन्दोलन र कलेज प्रशासनले  त्यस विषयमा देखाएको उदासिनताले  सङ्गठनको गम्बिर ध्यानाकर्षण भएको भन्दै कलेज प्रसासनलाई अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय ,समिति का संयोजक मिलन राइ को हस्ताक्षर रहेको   मागपत्र बुझाएको  छ ।

उक्त मागहरु एक हप्ता भित्र सम्बोधन नगरे संघर्षमा उत्रिने र त्यस बाट उत्पन्न हुने परिस्थितिको जीम्मेवार कलेज प्रशाशन हुनु पर्ने  चेतावनि समेत  दिएको छ ।

कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखाका कर्मचारी हरि पौडेल, दिनेश पौडेल र तिलक पौडेललगायतको मिलेमतोमा तोकिएभन्दा बढी शुल्क असुलिएको विद्यार्थीको आरोप छ ।अनियमित तरिकाले अबैध शुल्क असुलेको विरोधमा ३२ दिन देखि कलेजको पठनपाठन बन्द छ भने अस्पतालको सेवा पनि प्रभावित भएको छ  ब्याच २०१५ मा अध्ययनरत ८३ विधार्थीले वार्षिक परिक्षा बहिस्कार गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार