राजनीति
नेकपा निकट अखिल क्रान्तिकारी नुवाकोटले जिल्ला दुप्चेश्वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि-६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ ।
विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको दुरुपयोग गरेको, चेलीबेटी बेचबिखनमा संलग्न रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी नुवाकोटले बताएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शिक्षक श्रेष्ठलाई बजारमै कालोमोसो दलेको हो ।