दाङ-स्थानीय तहको व्यवस्थापनमा शुरु भएको आधारभुत तहको बार्षिक परीक्षा अवलोकनअनुगमनको नाममा परिक्षाको मर्यादा नाघेर जनप्रतिनिधिले शेल्फि लिने र फोटो शेसन गर्ने गरेका छन्। जनप्रतिनिधिको हुल परीक्षा हलमा देखिएको छ।नयाँ मान्छे परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थी डराउने गर्छन्।
शिक्षकहरुले अनुगमनको नाममा विद्यार्थीलाई हतास् बनाउने काम भएको बताएका छन्।
विद्यालयमा परिक्षाको अनुगमन गर्ने क्रममा लमही नगरपालिकाको उपप्रमुख देवका बेल्वासेले शेल्फि खिचेर सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरे कि छिन्। परिक्षाको अनुगमन भैरहेको उनले बताइन्।
`आज(आइतबार) सात वटा विद्यालयमा अनुगमन गरिएको छ´उनले भनिन्-`धेरैबेर परीक्षा हलमा बस्दैनौं। कसरी परिक्षा भैरहेको छ भनेर हेर्ने गरेका छौं।´दशरथ घिमिरेले देश सञ्चारमा लेखेका छन।