राजनीति
गोरखा – गण्डकी गाउँपालिका–६ भूम्लीचोकका कमल चेपाङ एसईई परीक्षा दिएर पौडी खेल्न गएका वेपत्ता भएका छन् ।
सोमवारको परीक्षा सकेर १७ बर्षका चेपाङ साथीहरु सँग धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धवादीको त्रिशुली नदीमा पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा दिउँसो करिव साढे दुई बजे उनी वेपत्ता भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनको खोजी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । उनी भुम्लीचोकको भद्रकाली माविका विद्यार्थी हुन् । उनको परीक्षा केन्द्र ज्ञानमार्ग मावि घ्याल्चोकमा परेको थियो ।
पोखरा- प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमतीको उपचार गराउन अमेरिका रहेकै बेला ओलीले व्यापक हेरफेर गर्न लागेका हुन।रिपोटस नेपालले लेखेका छन।
सत्ताधारी (नेकपा) का एक नेताले नयाँ मन्त्री नियुक्तिदेखि साविकका विभागीय मन्त्रीको सरूवा र बिदाइसम्मका योजना ठिक्क पारेर राखेका ओलीले दाहाल फर्कनासाथ त्यसलाई मूर्तरूप दिने तयारी गरेको जानकारी दिए ।
”जिताउने काम तपाइँहरूको, मन्त्री बनाउने जिम्मा मेरो” भन्दै चुनावमा ताप्लेजुङबासीलाई मख्ख पारेका ओलीले सरकार गठनमा योगेश भट्टराईलाई जिल्याइदिएका थिए । यो पटक भने भट्टराईलाई मन्त्री बनाएर ताप्लेजुङबासीलाई ढाँटेको दोष मेट्न ओली तयार भएका छन् ।
स्रोतका अनुसार अब सञ्चार मन्त्रालयको जिम्मा योगेश भट्टराईलाई दिइने भएको छ भने हालका बहालवाला मन्त्री गोकुल बाँस्कोटा पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयमा सरूवा हुँदैछन् । विभागीय मन्त्री रविन्द्र अधिकारी ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि दिवंगत भएपछि यो मन्त्रालयमा मन्त्रीपद रिक्त छ ।
अर्का मन्त्री मातृका यादव चाहिँ अब मन्त्रीपरिषदबाट बाहिरिनेछन् । व्यक्तिगत स्वार्थका लागि क्याबिनेटमै बबण्डर मच्चाउनेदेखि उद्याेगीव्यापारीको स्वार्थमा काम गरेको जस्ता आरोप खेपिरहेका यादवलाई मन्त्रीपदबाट हटाउन लागिएको हो । उनको स्थानमा सोमप्रसाद पाण्डेलाई ल्याइँदैछ ।