राजनीति
पोखरा- महाधिवेशनको मिति घोषणा गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ । देउवा निवास बुढानिलकण्ठ पुगेर नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो ।
उनीहरुले चैत्र भित्र नेबिसंघको रिक्त अध्यक्ष पद्मा मनोनयन गरी निर्वाचन गर्नु पर्ने भन्दै देउवाको ध्यानाकर्षण गराएका हुन् ।सभापति देउवाले निर्वाचनको विकल्प नभएको भन्दै सबैलाई मिलाएर लैजाने नेतृत्व चाडै मनोनयन गर्ने आश्वासन दिनुभएको थियो ।
निर्वाचनको विषयलाई लिएर नेविसंघ गुट उपगुटमा विभाजित भएकाले माउ पार्टीलेसमेत अध्यक्ष पद्मा मनोनयन गर्न सकेको छैन् ।
अध्यक्ष नैनसिंह महरले राजिनामा दिए पछि नेविसंघ नेतृत्ववीहिन छ ।
तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो-रामचन्द पौडेल
जनकपुरधाम- तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले औँल्याएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी भएको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने बताए ।मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उनले काङ्ग्रेसले संविधानमा भएको त्रुटिलाई सच्याउन चाहेको बताए ।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको बताए ।
अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उनले लगाए ।