राजनीति
राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको लगातार दुई वटा विषयको प्रश्नपत्र बाहिरिएपछि छानबीन गर्न प्रदेश दुईमा छानविन समिति गठन गरेको छ ।
प्रदेश दुईका शिक्षा निर्देशक रमाकान्त शर्माको नेतृत्वमा गठित ३ सदस्यीय छानबीन समिति गठन गरिएको हो। छलफलमा प्रदेश दुईका कानूमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको राजिनामा मागेका छन् ।
कानूनमन्त्री यादवले भने ‘ एसईईको प्रश्नपत्र आउट हुनुमा प्रदेश सरकारको गल्ती नभई संघीय सरकारको गैरजिम्मेवारीपूर्ण रवैया हो, परीक्षा संघीय सरकारको सहकार्यमा भईरहेकोले शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ ।
बाहिरबाट प्रश्नपत्र आउट गरि यहाँ ल्याइएको दाबी गर्दै कानूनमन्त्री यादवले माध्यमिक यस घटनाको जाँच सिआईबीबाट गराउने बताएका छन्।