logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

त्रिबिमा प्राइभेट फारम खुल्याे, बार्षिक प्रणाली अनुसार नै पढन पाइने


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षाका लागि परीक्षा फारम खुला गरेको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायको राजनीतिशास्त्र र व्यवस्थापन संकायको जनप्रशासन विषयमा प्राइभेट परीक्षाको परीक्षा फारम खुला गरेको हो ।
स्नातकोत्तर तहको सबै विषयको पढाइ सेमेस्टर प्रणालीअनुसार सञ्चालन भइसकेको छ । तर, कक्षामा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीले वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षामा सहभागी हुन पाउने भएका छन् । उनीहरुले घरमै पढेर वर्षको एक पटक परीक्षा दिएर स्नातकोत्तर तह पास गर्न सक्नेछन् ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले यसवर्षको प्राइभेट परीक्षामा २०७४ सालसम्म स्नातक तह उतीर्ण गरेका विद्यार्थी सहभागी हुन सक्नेछन् । परीक्षा फारम खुला भएको सूचना त्रिविले शनिबारका दैनिक पत्रिकामा प्रकाशन गर्दैछ । फारम भर्नका लागि एक महिनाको अवधि हुनेछ ।

त्रिविले स्नातकोत्तर तहको पढाइ सेमेस्टर प्रणालीअनुसार मात्र गर्ने भन्दै प्राइभेट परीक्षा बन्द गर्ने तयारी गरेको थियो । तर, विद्यार्थी संगठनहरुले भइरहेको कार्यक्रम बन्द गर्न नपाइने भन्दै विरोध जनाएपछि अन्तिम पटक भन्दै वार्षिक प्रणालीअनुसार नै फारम खोलिएको हो ।

त्रिविमा वर्षेनी करिब ५ हजार जनाले प्राइभेट परीक्षामार्फत स्नातकोत्तर तहको पढाइमा सामेल हुँदै आएका छन् । प्राइभेट परीक्षा बन्द गर्दा धेरै विद्यार्थी प्रभावित हुने देखिएकाले बन्द नगर्नेे त्रिवि ले जनाएको छ।

त्रिविले आगामी वर्षदेखि स्नातकोत्तर तहको कक्षामा नियमित उपस्थित हुन नपाउनेका लागि दूरशिक्षामार्फत पढाइ सञ्चालन गर्ने बताएको छ ।

उपकुलपति डा. तीर्थ खनियाँले यसवर्ष दूरशिक्षामार्फत कक्षा सञ्चालन गर्न नसकिएकाले वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षा फारम खुला गरेको बताए । ‘आउँदो वर्षदेखि हामी डिस्ट्यान्स लर्निङ सुरु गर्छौं, अहिले विकल्प दिन नसकेकाले वार्षिक प्रणालीअनुसार नै प्राइभेट परीक्षा सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार