logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रदेश २ एसइर्ई परीक्षाको नयाँ तालिका सार्वजनिक


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

पोखरा-प्रदेश २ एसइर्ई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गरी स्थगित गरिएको बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गानन्द अर्यालले दिएको जानकारी अनुसार २२ गते अनियार्व विज्ञान वियषयको परीक्षा हुनेछ। त्यसैगरी २३ गते, अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण को परीक्षा सञ्चालन गरिनेछ। २५ गते ऐछिक प्रथम र २६ गतेका लागि ऐछिक द्वितीयको परीक्षा तोकिएको छ। बाँकी ३ दिन भने प्राविधिकतर्फका परीक्षा हुने तय गरिएको छ।

असनवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन्। लगातार प्रश्नपत्र बाहिरिएपछि बाँकी परीक्षा रद्द गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार