राजनीति
माध्यमिक शिक्षा परिक्षा(एसईई) को परीक्षा अगावै प्रश्नपत्र बाहिर्याउने अभियुक्तहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दैछ।
परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्न पत्र सार्वजनिक गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो।
सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो अढाई बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरिने कार्यक्रम छ।
चैत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा प्रश्नपत्र आउट भएको पत्ता लागेकोहो ।
सीआईबीका अनुसार प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् । प्रश्नपत्र लगातार आउट भएपछि प्रदेश न. २ काे एसईई रद्व गरिएको थियाे ।