logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रामपुर क्यामपस सहायक डिनलाई किन दले विद्यार्थीले कार्य कक्षमै मोसो


  • राजनीति
  • बिहिबार, चैत्र २१ २०७५

काठमाडौं- चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सहायक डिनलाई विद्यार्थीले जुत्ताको माला पहिर्याएर मोसो दलेका छन् । विश्वविद्यालयका सहायक डिन प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले बिहिबार कार्य कक्षमै दुव्र्यवहार गरेका हुन् ।
अनेरास्ववियु निकट प्राविधिक विद्यार्थी संघ नेतृत्वमा सहायक डिन ओझालाई विद्यार्थीहरु दुव्र्यवहार गरेको हो । विद्यार्थीहरुले आफ्ना माग बेवास्ता गरेको कारण मोसो दल्नु परेको बताएका छन् ।

तीनवटा कक्षा मर्ज गरी एउटै कोठामा आवश्क भन्दा बढी विद्यार्थी राखिएको छ, परीक्षाको नम्बर पूर्वाग्रही ढंगले दिइएको छ’ विद्यार्थीहरुले मोसो दलेपछि विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यस्तो नगर्न बारम्बार आग्रह गर्यौ तर सुनुवाई भएन । मागप्रति बेवास्ता गरेको कारण त्यस्तो कदम चाल्नु परेको हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार