logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

याे बर्ष यसकारण एसईईकाे रिजल्ट ढिला आउने भयाे


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने देखिएकाे छ ।

२६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन ।

२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिए ।

उनले भने–कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्न ? आजकाे नेपाल समाचारपत्र मा प्रकाशित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार