logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पहिरोले विद्यालय बगाएपछि बालबालीकाको विचल्ली


  • डीबी विष्ट
  • शुक्रबार, चैत्र २९ २०७५

बझाङ – विद्यालयको २ कोठे पक्की भवन पहिरोले पुरी दिए पछी बालबालीकाको विचल्ली भएको छ । पहिरोले विद्यालयको भवन भत्काएपछि तत्कोट गााउपालिका वडा नं ३ मा रहेको विश्वनाथ आधारभुत विद्यालयका विद्यार्थी खुला आकास मुनि बसेर पढन बाध्य भएका हुन् ।

गएको भदौ १ गते आएको पहिरोले दुई कोठे भवन लगायत खेल्ने मैदानमा क्षति पु¥याएपछि खुला आकास मुनि पहिरोमा नै बसेर पठन पाठन गर्नु पर्ने बाध्यता भएको कक्षा ४ मा अध्यनरत छात्रा उमा चदाराले बताए ।बस्ति नजीकै रहेको यस विद्यालयमा ८३ जना बालबालीकाहरु अध्यनरत रहेका छन् । घाम लाग्दा हावाहुरी आउने र पानी पर्दा बस्ने कक्षा कोठा नभएका कारण हाफ टाईममा विद्यालयको छुट्टी हुने गरेको कक्षा ४ मा अध्यनरत बालक अजय रोकायाको भनाई छ । कक्षा एक देखी ४ सम्मका सबै बालबालीकाहरु एउटै कक्षामा राखेर पठन पाठन गर्नु पर्ने भएका कारण पढाई समेत नराम्रो हुने र अधिकांश दिन विद्यालयमा पढाई नै नहुने गरेको उनको भनाई छ ।विद्यालयमा पढाई नहुने भए पछी अधिकांश बालबालीकाहरु विद्यालय आउनै छोडेको विद्यालयका प्राध्यानाध्यापक विर्खराज जोशीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार